रियलमीका २ वटा नयाँ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 06:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड रियलमीले बिहीबार दुईवटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले रियलमी ६ र रियलमी ६आई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

८जीबी र्याम र १२८जीबी स्टोरेज रहेको रियलमी ६ को मूल्य कम्पनीले ३२ हजार ९९० रुपैयाँ तोकेको छ भने ४जीबी र्याम र १२८जीबी स्टोरेज रहेको रियलमी ६आईको मूल्य २५ हजार ९९० रुपैयाँ तोकोको छ ।   

रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडहरु ल्याएको कम्पनीले जनाएको छ । त्यस्तै रियलमी ५आई मा निर्मित रियलमी ६आई मा अधिक पर्फमेन्श, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको जनाइएको छ ।

कम्पनीका अनुसार रियलमी ६ मा १२एनएम प्रोसेसमा निर्मित भएको छ जसले एकै समयमा शक्तिशाली र सक्षम बनाउँदछ । त्यस्तै ३० वाट्ट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टा भित्र पूर्ण रुपमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै रियलमी ६ मा ६.५ इन्च ९० हट्र्ज अल्ट्रा स्मुद डिस्प्ले का साथ १२० हट्र्ज टच स्याम्पिलिंग समावेश छ जसले स्क्रिनको प्रत्येक स्वाइपमा निर्बाध र स्मुद दृश्य अनुभव प्रदान गर्दछ । रियलमी ६ मा १६ एमपी अल्ट्रा क्लियर फन्ट क्यामेराले एफ२.० अपर्चर, स्मार्ट ब्युटी मोड, बोकह इफेक्ट रहेको छ ।

यस्तै रियलमी ६आई मा मिडियाटेक हेलियो जी८० चिपसेटले सुसज्जित छ भने ४८ एमपी क्वाड क्यामेरामा अप्ग्रेड भएको छ जसमा ४८ एमपी मुख्य क्यामेरा, ११९डिग्री अल्ट्रा वाइड एंगल लेन्स (८एमपी), पोट्रेट लेन्स (२एमपी) र ४सीएम अल्ट्रा म्याक्रो लेन्स (२एमपी) रहेको कम्पनीले जनाएको छ । रियलमी ६आई मा रियलमीकै सबैभन्दा ठुलो ५ हजार एमएएच विशाल ब्याट्री छ भने ६.५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन रहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved