लेख लेखेरै यसरी गर्न सकिन्छ आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 10:45:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै पहिलो पटक लेखेरै घरमा बसी बसी पैसा कमाउन सकिने भएको छ । आफुले चाहेको, मन पराएको र मन लागेको बिषयमा वा कुनै सेवाको बारेमा समीक्षा लेखी त्यही लेखमार्फत आम्दानी गर्न सकिने ‘प्लेटफर्म’ को विकास भएको हो ।

युवा उद्यमी सन्तोष कुमार बिमली र उनको टिमले तयार पारेको यस प्लेटफर्ममा सम्मिलित भई जो कोहिले पनि आफ्नो लेखन कलाको सदुपयोग गरी लाभ लिन सक्ने छन् । 

कसरी सामेल हुने ?

सहभागी हुन  MEROLEKH.COM  मा गएर  रेजिस्टरमा क्लिक गरी आफ्ना डिटेल वा फेसबूकको माध्यमबाट रेजिस्टर गर्न सकिनेछ । 

कति आम्दानी गर्न सकिन्छ ? 

आम्दानी लेखमा आउने भिउजमा भर पर्ने हुन्छ । आम्दानी कति हुन्छ भन्नेबारे बिस्तृतमा जानकारी लिन मेरो लेख डटकम भिजिट गर्न सकिनेछ । 

कति लेख लेख्न सकिन्छ ? 

हाललाई अनगिन्ती लेखहरु लेख्न सकिने व्यवस्था मिलाईएको छ । तर ति लेखहरुको गुणस्तर हेरी स्तरीय लेखहरुलाई मात्र प्रकाशित गरिने छ ।

आम्दानी कसरी प्राप्त गर्न सकिन्छ ? 

तपाईंका प्रकाशित लेखहरुमा आउने भिजिटरका आधारमा आम्दानी हुन्छ । तपाईँका प्रकाशित लेखमा आएका भिउजहरुको आधारमा तपाईले आर्जेको आम्दानी एक निश्चित बिन्दुमा पुगेपछी नेपालको हकमा कुनै पनि अनलाइन वालेट, बैंक ट्रान्स्फरको माध्यमबाट भुक्तानी गरिनेछ र यसमा कुनै प्रकारको शुल्क लाग्ने छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved