ओपोको नयाँ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 05:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ । ८.९ एमएम मोटाइ र १९२ ग्राम वजन रहेको  उक्त स्मार्टफोन दुई रंगमा उपलब्ध रहेको छ । 

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी दुईवटा रंगमा उपलब्ध रहेको सो फोनको मूल्य कम्पनीले १९ हजार ९९० रुपैयाँ तोकेको छ । ओपो ए५२ को डिस्प्लेका १०८०×२४०० एफएचडी+ रेजोल्यूशन सहितको ६.५ ईञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ । उपकरणको स्क्रिन टू बडी रेसियो ९०.५% छ । फोनको डिस्प्लेमा ईन(सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायत पनि उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै ओपो ए५२ मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ १.७ एपर्चर सहितको १२ एमपी र सेकेन्डरी रियर क्यामेरा एफ २.२ सहितको ८ एमपी (वाइड) रहेको छ । साथै, फोनमादूई ओटा एफ २.४ एपर्चर सहितको  २एमपी रेजोल्यूशन सेन्सर रहेका छन् । जसमध्य, एउटा माक्रो लेन्स र अर्को पोटे«ट लेन्स हुन् । यिनमा टच टू फोकस, फेज डिटेक्शनएएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । यसका साथै उक्त फोनमा सेल्फीका लागि भने एफ २.० एपर्चर सहितको १६.० एमपी फ्रन्ट क्यामेराको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

ओपो ए५२ लाई ओक्टाकोर (४×२.० जीएचजेड कायरो २५० गोल्ड + ४×१ं.८ जीएचजेड कायरो २६० सिल्भर) क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्छ । फोनमा ४जीबी र्याम र १२८ जीबी आन्तरिक सञ्चय क्षमताको ब्यवस्थागरिएको छ । उक्त फोनमा ५ हजार एमएएचक्षमताको ब्याट्री  जडान गरेको छ कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved