डिशहोमद्वारा पहिरो पिडितलाई राहत वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 05:47:17 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले पहिरो प्रभावितलाई  राहत वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको हो । 

डिशहोमले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानियलाई राहत वितरण गरेको जनाएको छ ।  पहिरो पिडित २८ घर परिवारलाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको कम्पनीले जानकरी दिएको छ ।  डिशहोमका स्थानिय वितरक र प्रतिनिधी पहिरोबाट अतिप्रभावित जम्बुसम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारलाई उपलब्ध गराएको जनाएको छ । 

त्यस्तै, कम्पनीले एसईई तयारी कक्षा देखि लकडाउनको समयमा विद्यार्थिको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षामार्फत प्रशारण गरिरहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved