ओपोको नयाँ स्मार्टफोन सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 04:22:19 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए १२ सार्वजनिक गरेको छ । लामो समय टिक्ने ४२३० एमएएच क्षमताको ब्याट्रीसहित यो फोन नेपाली बजारमा ३ जीबी र्याम प्लस ३२ जीबी रोम र ४जीबी र्याम प्लस ६४ जीबी रोम गरी दूई बिकल्पका साथ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

ओपो ए १२ मा रहेका रियर फिंगरप्रिन्ट सेन्सर, ओक्टा कोर प्रोसेसर र एआई डुअल रियर क्यामेरा लगायत मेनस्ट्रिम सेटिङले स्मूथ परफरमेन्स दिनुका साथै यसलाई एन्ट्रि लेभल प्रयोगकर्ताका लागि उत्कृष्ट बिकल्पका रुपमा स्थापित गर्ने कम्पनीले दाबी गरेको छ । 

यस्ता छन् विशेषता:

नेपाली बजारमा ओपो ए १२ को, ३ जीबी ¥याम प्लस ३२ जीबी रोम र ४जीबी र्याम प्लस ६४जीबी रोम गरी दूई भ्यारियन्ट उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई २५६ जीबी सम्म बढाउन सक्ने सुविधा पनि उपलब्ध गरेको कम्पनीले जनाएको छ । 

यसले गर्दा प्रयोगकर्ताले फोनमा रहेको सञ्चय क्षमताको चिन्ता बिना आफ्नो दैनिकीमा फोनको सहज प्रयोग गर्न सक्छन् । यसमा रहेको ४२३० एमएएच क्षमताको ब्याट्रीले १७ घण्टा सम्म निरन्तर भिडियो स्ट्रिमिङ धान्न सक्छ । फोनमा उपलब्ध गरिएको ओक्टा(कोर प्रोसेसर, मिडियाटेक हेलियो पी ३५ ले उर्जा खपतमा न्यूनिकरण ल्याउनुका साथै ल्याग(फ्रि गेमिङ तथा भिडियो हर्ने अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार ओपो ए १२मा स्मार्ट साउण्ड ईफेक्ट वा साउण्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध छ । यसले स्वचालितरुपमा गेम, अडियो तथा भिडियोका आधारमा उत्कृष्ट साउण्ट ईफेक्ट सेटिङको छनोट गर्ने क्षमता रहेको छ । 

ओपो ए १२ मा अभूतपूर्व मनोरञ्जनात्मक अनुभवका लागि १५२०×७२० रिजोल्यूसन सहितको ६.२२ ईञ्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ । यसमा रहेको ब्ल्यू लाइट फिल्टरले गेमिङ होस् वा भिडियो हेरीरहेको समय जुनै बेला आँखालाई सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

ओपो ए १२ मा थ्रीडी डायमण्ड ब्लेज डिजाइन दिइएको छ यसले हेर्ने दृष्टिकोण अनुसार रंग र आकार परिवर्तन भएको अनुभव दिन्छ । फोनको पछिल्तिर फिंगरप्रिण्ट अनलकिङ सेन्सर दिइएको छ । साथै यसमा १२८ बायोमेट्रिक पोइन्ट्सका आधारमा प्रयोगकर्ताको पहिचान गर्ने क्षमता सहितको एआई फेसियल अनलक फिचरपनि उपलब्ध गरिएको छ । १९ः९ एस्पेक्ट रेसियोमा आकर्षक कर्भ र एर्गोनोमिक डिजाइन सहितको यो फोनको बजन जम्मा १६५ग्राम रहेको छ । यसले गर्दा एकै हातबाट पनि फोनको सहज तथा आरामदायी प्रयोग सकिने कम्पनीले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved