एलजी नेपालको आधिकारीक वेवसाईट सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 02:22:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेवसाईट www.lgnepal.com सार्वजनिक गरेको छ । उक्त वेबसाईटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनिले दिने छुटको बारेमा जानकारी पाउँन सक्नेछन् । 

एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सो को विशेषता यस वेबसाईटबाट प्राप्त गर्न सकिनेछ । एल.जी. को उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईट बाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

ग्राहकवर्गहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एल.जी.का उत्पादनहरु बुक पनि गर्न सकिनेछ ।

यस वेबसाईटले एल.जी. का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, ए.सि., एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved