६२ जना कोरोना संक्रमितलाई रिद्धि सिद्धि सिमेन्टको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2020 | 05:59:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रिद्धि सिद्धि सिमेन्टले हेटौंडाको गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना कोरोना भाइरसका संक्रमितहरुलाई फलफुल र रोग प्रतिरोधात्मक क्षमता बढाउने खाद्य सामग्री सहयोग गरेको छ । रिद्धि सिद्धि सिमेन्टले संक्रमित भई आईसोलेसनमा रहदा पनि घर परिवारसंग सम्पर्क कायम राख्न नेपाल टेलिकमको २०० बराबरको रिर्चाज कार्ड र एक थान तातो पानी खाने कप लगाएत बिभिन्न सामाग्री बितरण गरेको छ । 

कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले स्थानीय समुदायको दुख सुखको सारथी बन्न रिद्धि सिद्धि सिमेन्ट सदैब तैयार रहेको बताए । हेटौंडा उप महा नगरपलिकाका प्रमुख हरि बहादुर महतले संक्रमितहरुको हौसला बढाउदै सचेत रहि स्वस्थ खानपिन एंव नियमित ब्यायाम गर्ने हो भने कोरोना मात्रै हैन भबिस्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले सकारात्मक सोचको बिकास गर्दै सुरक्षित रहि उद्योग धन्दा ब्यापार ब्याबसाय सुचारु गर्नुपर्ने बताएका छन् । 

हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगिहरुले देखाएको सदासाहयताको भाबले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए । कार्यक्रममा उद्योग  बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने उपाध्यक्ष राम प्रसाद न्यौपाने बडा नंम्बर ६ अध्यक्ष अर्जून चौलागाई कर्रा आईसोलेसान वार्डका ईन्चार्ज भोला चौलागाई गौरिटार आईसोलेसान वार्डका ईन्चार्ज डा. सागर काफ्ले लगाएत उपस्थित थिए । 

हेटौंडाको रातोमाटेमा अबस्थित रिद्धि सिद्धि सिमेन्टले आफ्नो उत्पादनको दोस्रो बर्षमा प्रबेश गरे संगै हाल देशका बिभिन्न स्थामा रहेका सिमेन्ट उद्योगहरुका लागी किलिंकर समेत बिक्रि गर्दै आईरहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved