रेडमीका २ नयाँ स्मार्टफोन नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 04:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

रेडमीका दूई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीको नयाँ स्मार्टफोन रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक भएको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ स्मार्टफोन रेडमी ९सीमा ट्रीपल क्यामेरा च्यामपियनका साथ विशाल डिस्प्ले रहेको मम्पनीले जनाएको छ । जसमा लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेडमी ९सीमा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिंग चिपसेटको विशेषता रहेको छ ।

त्यस्तै रेडमी ९सीमा रहेको एआई ट्रीपल क्यामेराले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्ने कम्पनीले जनाएको छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा संचालित रहेको जनाइएको 

त्यस्तै, कम्पनीले सार्वजनिक गरेको अर्काै नयाँ स्मार्टफोन मी स्मार्टब्यान्ड ५ सबैका लागि उन्नत फिटनेश ट्रयाकिंग रहेको कम्पनीको भनाई छ । कम्पनीका अनुसार मी स्मार्ट ब्यान्ड ५ मा १.१ इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २० प्रतिशत ठुलो हो । 

कम्पनीका अनुसार रेडमी ९सी सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रेमा उपलब्ध हुनेछ । कम्पनीले २जीबी+३२जीबी भेरियन्ट भएको ९सीको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ र ३जीबी+६४जीबी भेरियन्ट भएको स्मार्टफोन ९सी को मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ । 

त्यस्तै मी स्मार्ट ब्यान्ड ५ को बजार मूल्य ४ हजार ४ सय ९९ रुपैयाँ रहेको जनाइएको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved