अनलाईन मार्फत समान किनबेच गर्न 'वरिपरि एप'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 08:25:14 PM मा प्रकाशित

laxmi  sunrise bank

पटक–पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक माझ पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप ‘वरिपरि’ सरल उपाय बनेर आएको छ। कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको हो।

कम्पनीका अनुसार कुनै पनि व्यवसायीले आफ्नो पसल तथा अफिसको वस्तु वा सेवा बेच्न आफ्नो व्यवसायलाई विना लगानी वरिपरि एपमा दर्ता गर्न सक्छन्। यसरी व्यवसायी डिजिटल माध्यमबाट उपभोक्तासँग सजिलै पुगी व्यवसायको वृद्धि गर्न सक्ने वरिपरि कम्पनीका संस्थापक राज रेग्मी बताउँछन्। व्यवसाय दर्ता गर्न मोवाइलमा एप डाउनलोड गरि नाम र मोवाइल नम्बर राखेर एकाउन्ट खोल्न सकिन्छ। एकाउन्ट खोलेपछि ‘क्रिएट स्टोर’ मा गई आफ्नो व्यवसायको नाम र स्थान उल्लेख गर्नु पर्ने हुन्छ । जुनसुकै व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने रेग्मीले बताए। 

 रेग्मीका अनुसार वरिपरि  एपमा दर्ता गरेपछी व्यवसायीले आफ्नो सेवा अवधी तोक्न मिल्छ जसबाट ग्राहकले एपमा हेर्दा सो समयमा खुल्ला छ कि बन्द छ भनेर जानकारी लिन सक्छन् । होम डेलिभरिको व्यवस्था छ कि छैन अनि  भुक्तानीका विकल्पहरु (बैंक कार्ड, इ सेवा, खल्ति, सेल पे) के के छन् भनेर पनि एपमै उल्लेख गरेपछी ग्राहकलाई सहज बनाउन सकिन्छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved