हायरमी नेपालको मोबाइल एप सार्वजनिक, कामदार र काम खोज्न झनै सजिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 02:13:13 PM मा प्रकाशित

laxmi  sunrise bank

हायरमी नेपालले मोबाइल एप औपचारीक रूपमा लन्च गरेको छ। रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले साउन १ गतेबाट सुरु भएको हायरमी नेपालले आज एप सार्वजनिक गरेको हो। 

दुई महिनाको अवधिमा रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरूबाट रजिष्ट्रेशनमा राम्रो प्रतिकृया आएको कम्पनीले जनाएको छ।  एप प्रारम्भ भएपछि ब्यक्तिगत प्रयोगकर्तालाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा जब निर्धारण गर्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ। 

कम्पनीकाअनुसार रोजगारी खोज्नेहरूको लागि यो पोर्टलमा २४ किसिमको रोजाई हुनेछ। चाहेको क्षेत्रमा रजिष्ट्रर्ड हुन सक्नेछन् । विभिन्न पत्र पत्रिकामा प्रकाशित विज्ञापन हेर्न सकिनेछ। कम्पनीहरूले सोझै राखेको विज्ञापनमा निवेदन दिन सक्नेछन् । क्षेत्र अनुसार कम्पनीहरूले उम्मेद्वारलार्रइ सोझै सम्पर्क गर्नसक्नेछन् । 

एस एपमा अन्तरवार्ता लिन सक्ने सुविधा पनि उपलब्ध छ। छिट्टै अब जनशक्ति व्यवस्थापन तथा उम्मेद्वारले दिने अन्तरवार्तामा दक्ष बनाउने गरी आवश्यक्ता टिप्स र सामाग्री यसैबाट हेर्न सकिने गरी उपलब्ध गराइने जनाइएको छ।

अबको दुई वर्षमा पाँच लाख व्यक्ति र कम्पनीलाई रजिष्टर्ड गर्न लगाई पचास हजारलाई  रोजगारीको सुविधा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved