ग्यासका खाली सिलिण्डरको मूल्य तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 04:14:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एलपी ग्यास उद्योग संघले ग्यासका खाली सिलिण्डर बिक्रीमा अनियमितता भएको भन्दै मूल्य तोकेको छ । संघले भोलिदेखि लागुहुने गरी बाग्मति प्रदेशमा सिलिण्डरको मूल्य तोकेको हो । 

वाग्मती प्रदेशभित्र खाली सिलिण्डरलाई २१ सय रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय भएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी  दिए । सुरुवाती चरणमा बाग्मती प्रदेशमा उक्त निर्णय लागु गरेतापनि विस्तारै सबै प्रदेशमा एकरुपता ल्याउने उनको भनाई छ । ग्यास उद्योग तथा डिलरहरुले आफूखुशी सिलिण्डरको मूल्य लिँदा उपभोक्ता मारमा परेको भन्दै मूल्यमा एकरुपता ल्याउने गरी निर्णय भएको भण्डारीको दाबी छ । 

संघले सिलिन्डरको मूल्य तोकेसँगै उपभोक्तालाई अनिवार्य बिल दिनुपर्ने व्यवस्था पनि गरिएको छ । वाग्मती प्रदेशमा २९ ग्यास उद्योगहरु सञ्चालनमा रहेका छन् । उद्योग विभागमा दर्ता भएर उद्योग सञ्चालन भएको भन्दै उद्योग र संघको नीति अनुसार मूल्य तोकिएको अध्यक्ष भण्डरीले बताए । आयल निगमले ग्यासको आयात तथा बिक्री मूल्यमा सहजिकरण गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved