ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 04:08:06 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गतको स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्ने घोषण गरेको छ । कम्पनीले नयाँ फ्ल्यागशिप मोडल अन्तर्गतको ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो । 

कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिभने घोषण गरेको छैन् । सो फोनमा दिइएको अल्ट्रा स्लिक फेशनेवल डिजाइन तथा अत्याधुनिक प्रविधिका कारणे एफ१७ प्रोले ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले ओपो एफ१७ प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी पनि दिएको छैन । तथा पी, आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नव प्रबर्तनात्मक प्रविधिहरु समावेस समावेश गरिने कम्पनीले जनाएको छ । 

ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका कलाकारहरु अनुपविक्रम शाही, अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखा पर्न थालेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved