सामसुङले ल्यायो फोल्ड गर्न मिल्ने स्मार्ट फोन, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 06:15:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसुङ ग्यालेक्सी जेठ फोल्ड २ को प्रि-बुकिङ्ग खुला भएको छ । फोल्ड गर्न मिल्ने यो फोन स्मार्ट डोकोमा प्रि बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रि-बुकिङ्ग गर्दा १९ हजार ९ सय ९९ रुपैयाँको सामसुङ ग्यालेक्सी बड्स लाईभ नि:शुल्क रुपमा पाइने छ । त्यस्तै, ग्राहकले एक पटकका लागि १२ महिनाको ब्रेकेज बीमा पनि पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले सो फोनको मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । प्रि-बुकिङ्गका लागि ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । बाँकी रकम ह्यान्डसेट प्राप्त भएपछि भुक्तानी गर्नु पर्नेछ ।

स्मार्टडोकोमा प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको कम्पनीले जनाएको छ । स्मार्टडोको नेपालको ई–कमर्स प्लेटफर्म हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved