ओपो एफ१७ को बिक्रि सुरु, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 09:11:29 AM मा प्रकाशित

laxmi  sunrise bank

ओपो एफ१७ को फस्ट सेल मार्फत मंगलबारबाट बिक्रि खुल्ला भएको छ । असोज ११ गते सार्वजनिक गरिएको एफ१७ मंगलबारबाट बिक्रि खुल्ला गरिएको हो । 

असोज ११ गते एफ १७ सहित एफ१७प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेज पनि सार्वजनिक भएको थियो । आजबाट बिक्रि शुरु भएको एफ१७ को बजार मूल्य कम्पनीले ३३ हजार र ९ सय ९० रुपैयाँ तोकेको छ । जसको ७.४५ एमएम मोटाई र १६३   ग्राम वजन रहेको छ । ओपो एफ१७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दावी गरेको छ ।

ओपोको नेपाल भर रहेका प्रमुख बिक्रि केन्द्रहरु मार्फत एफ१७ खरिद गर्न सकिने छ । नेपालमा यो फोन ८जीबी + १२८ जीबी भ्यारियन्टमा सार्वजनिक भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved