गोर्खा इको प्यानलबाट धमाधम क्वारेन्टाइन निर्माण हुँंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 09:24:47 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खा इको प्यानलको प्रयोगबाट देशका विभिन्न जिल्लाहरुमा धमाधम क्वारेन्टाइनहरु निर्माण हुन थालेका छन् । छिटो निर्माण सम्पन्न हुने भएकाले गोर्खा इको प्यानलको प्रयोग गरी धमाधम क्वारेन्टाइनहरु निर्माण हुन थालेका हुन् । 

कोरोनाको बेला क्वारेन्टाइन भवनहरु तुरुन्त निर्माण गर्नुपर्ने र गोर्खा इको प्यानलको प्रयोगबाट यो सम्भव भएकाले प्यानलको प्रयोगबाट टेष्ट ल्याबलगायतका कोभिड क्वारेन्टाइनहरु निर्माणमा प्रयोग हुँंदै आएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार अहिलेसम्म, सुदूरपश्चिम प्रदेश सरकारले ५० बेडको धनगढीमा गोर्खा इको प्यानलको प्रयोगबाट कोरोना अस्पतालको निर्माण गरेको छ । कञ्चनपुरको महाकाली अस्पताल महेन्द्रनगर कञ्चनपुरमा कोभिड १९ को लागि ५० बेडको क्वारेन्टाइनको निर्माण पनि प्यानलको प्रयोगबाट बनेको छ । यस्तै डडेलधुरा अस्पतालमा कोभिड १९ टेष्ट ल्याब पनि बनेको छ । 

साथै गोर्खा इको प्यानलको प्रयोगबाट सेती अञ्चल अस्पताल धनगढीमा कोभिड १९ को लागि क्वारेन्टाइन बनाउनमा पनि प्रयोग भएका छन् । 

उपत्यका बाहिर मात्रै नभई उपत्यकाभित्रका विभिन्न कोभिडसँंग सम्बन्धित निर्माणका लागि पनि गोर्खा इको प्यानलको प्रयोग भएको कम्पनीले जानकारी दिएको छ ।

ललितपुरको कुपण्डोलमा रहेको कोभिड १९ टेष्ट ल्याब वीआईडीएच पनि गोर्खा इको प्यालनबाटै बनाइएको छ । 

कारखानामा पहिला नै तयार पारेर बनाइएको प्रिफ्याब प्यानल भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने भएका कारण गोर्खा इको प्यालनबाट छिटो छरिटो निर्माण सम्भव भएको कम्पनीका कार्यकारी अधिकृत कृष्णराम देउपाला बताउँछन् । उनका अनुसार यसको प्रयोगबाट  छोटो समय मै कोरोना अस्पताल पनि तयार हुन सम्भब भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved