कलंकीमा खुल्यो आधुनिक बिजनेश कम्प्लेक्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 04:03:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा मंगलबारबाट सञ्चालनमा आएको छ । कोरोना महामारीकै बिचमा कम्प्लेक्स सञ्चालनमा आएको हो ।

ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस विजनेश कम्प्लेक्स निर्माण गरिएको हो । मध्यम वर्गिय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए । उनका अनुसार काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन् ।

उनले भने, ‘कम्प्लेक्समा गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा उपलब्ध गराउने उद्देश्यले विजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, व्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स, गिप्mट आइटम लगायत सामानहरु एउटै छानामूनि सरल र सुलभदरमा खरिद गर्न सकिने छ ।’

नेशनल विजनेश ट्रेड सेन्टर एनबिटीसी मिलाल्याण्ड डेम्लप्मेन्ट प्रालिद्वारा प्रवद्र्धित रहेको छ । यो कम्प्लेक्स करिव २२ रोपनीमा फैलिएको हुँदा पर्याप्त खुला ठाउँहरु रहेको छ । जसले गर्दा पर्याप्त भौतिक दुरी कायम हुनेछ । पर्याप्त खुला ठाउँ भएकाले आगलागी, भुकम्प जस्ता दैवी पकोपबाट हुने घटनाको जोखिम पनि कम हुन्छ र, हालै मात्र महामारीको रुपमा फैलिएको कोभिड १९ को सुरक्षा दुरी अपनाउन सकिने वातावरण रहेको छ ।

नेपालमा होलसेलका लागि यति ठूलो बजार पहिलो पटक खुलेको हो । करिव ५ लाख २३ हजार वर्ग फिट क्षेत्रफलमा निर्मित यस अत्याधुनिक विजनेश कम्प्लेक्समा सिसि क्यामेरासहितको भरपर्दो सुरक्षा व्यवस्था रहेको छ ।

आधुनिक कन्सेप्टमा निर्मित यस बिजनेश कम्प्लेक्समा बालकदेखि बृद्ध समेतलाई सामान खरिदका क्रममा थकावट महशुस नहोस् भनि ग्राहक स्वास्थ्यलाई समेत ध्यानमा राखी अत्याधुनिक उपकरण तथा सेवासुविधाहरु जडान गरिएका छन् । यस बिजनेश कम्प्लेक्समा सामानको ओसारपसार र मानिसहरुको आवतजावतका लागि छुट्टाछुट्टै स्कालेटर र लिप्mटहरु जडान गरिएका छन् । 

थर्ड जेनेरेशनलाई टार्गेट गरी संचालनमा ल्याइएको यस विशेष कम्प्लेक्समा ३ वटा सिनेमा हल, करिव १० हजार स्वायर फिटका फुड कोर्ट, ६८ हजार स्वाक्यर फिटको कर्पोरेट अफिस लगायतका पूर्वाधारहरु निर्माणका क्रममा रहेको बज्राचार्यले जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved