टेलिकमले ल्याएको निशुल्क ‘सिआरबिटी’ सेवा प्रयोग गर्ने कसरि ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 10:24:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले सिआरबिटी अर्थात ‘कलर रिङ ब्याक टोन’को व्यवस्था थालेको छ। मोबाइलमा फोन गर्नेलाई गीत सुनाउनका लागि ल्याइएको सिआरबिटी व्यवस्थालाई टेलिकमले वार्षिकोत्सवको अवसर पारेर पुनः निरन्तरता दिएको जनाएको छ। 

स्थगित भएको सिआरबिटी अर्थात ‘कलर रिङ ब्याक टोन’को सुविधा लिन चाहनेका लागि हाल १५ दिनका लागि निशुल्क व्यवस्था गरिएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए।     

मोबाइलमा सिआरबिटी सेट गर्नका लागि १४५५ डायल गरेर निर्देशनअनुसार भाषा छनौट गर्ने र टप टेन नेपाली, हिन्दी वा अन्य गीतहरु मोबाइलमा सेट गर्न सकिनेछ। यसरी सिआरबिटी सेट गरेपछि सो नम्वरमा फोन गर्नेले धुन तथा गीत सुन्न सक्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved