सनराइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा ल्यायो चाडपर्व विशेष योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2020 | 08:40:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले एफवान सफ्टसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ। डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँगको सहकार्यमा चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको हो। 

यस योजना अन्र्तगत बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप्स मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ । 

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम  १०० रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ । बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न कात्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved