ट्याक्सीमाण्डुले ल्यायो वार्षिकोत्सवको अवसरमा अफरै अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 06:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ । सञ्चालनको एक वर्ष पुरा गरेसँगै ट्याक्सीमाण्डुले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिवद्धता सहित मंसिर महिनाभरका लागी केही छुट सहितका स्कीमहरु ल्याएको हो । 

कम्पनीले ल्याएका स्कीमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन् । जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर शुन्य प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउने छन् । यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनु पर्ने छैन । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा  ५० रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । छुटका लागी यात्रुले ट्याक्सीमाण्डु फस्ट  प्रोमो कोड प्रयोग गर्नुपर्ने हुन्छ । 

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउने जनाइएको छ ।

त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved