वर्ल्ड लिंकको इन्टरनेटमा ग्राहकले शुल्क छान्न पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 09:35:58 AM मा प्रकाशित

laxmi  sunrise bank

वल्र्डलिंक कम्युनिकेसन्सले अब ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराएको छ । ग्राहकले वल्र्डलिंकमा एक कल फोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्ने छन् । 

वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने छन् । 'वल्र्डलिंक आफ्नै हो' नाम दिइएको यस योजनामा ग्राहकले वल्र्डलिंक फाइबर जडानमा सतप्रतिशतसम्म छुट र तीन महिनासम्म आइपिटिभी निशुल्क पाउने छन् । 

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ।
  
वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved