७ वटा प्राकृतिक अन्नहरुको समिश्रण बाट तयार 'ज्ञान मल्टी ग्रेन आटा' बजारमा  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 06:22:34 AM मा प्रकाशित

laxmi  sunrise bank

के एल दुगड समूहले ७ वटा प्राकृतिक अन्नहरुको समिश्रण बाट तयार गरिएको ज्ञान मल्टी ग्रेन आटा बजारमा बिक्रि वितरण सुरु गरेको छ। यस 'ज्ञान मल्टी ग्रेन आटा'मा गहुँ, मकै, चना, भटमास,ओट्स,रागी र जौ को समिश्रण रहेको कम्पनीले जनाएको छ।

यस 'ज्ञान मल्टी ग्रेन आटा'मा प्राकृतिक अन्नहरुको समिश्रण बाट विशेष रुपमा तयार पारेको 'ग्लाइसेमिक इन्डेक्स' कम हुने हुदाँ सुगर सचेत ब्यक्तिको लागि बढी फाइदा जनक रहेको कम्पनीको दाबि छ। 

स्वास्थ्य प्रति सचेत युवाप्रति लछित गर्दै के एल दुगड सुमुहले यो मल्टि ग्रैन आटा बजारमा ल्याएको कम्पनीले जनाएको छ। यो मल्टिग्रेन आटा नेपालमा पहिलो पटक उत्पादन गरि बिक्रि वितरण सुरु गरिएको कम्पनीको दाबि छ।    


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved