सामसुङको ६ जिबी र्‍यामको 'ग्यालेक्सी सी नाइन प्रो' नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 10:55:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी नाइन प्रो नेपाली बजारमा ल्याएको। ६ इन्चको एफएचडी सामोल्ड डिस्प्ले रहेको यस फोनलाई कम्पनीले   ‘फिचर पावर हाउस’ संज्ञा दिएको छ। 

यस फोनमा ६ जिबी र्‍याम रहेको छ भने अगाडि तथा पछाडिको क्यामरा १६ एमपीको रहेको छ। यसले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ।

मोबाइल प्रयोगकर्ताहरुलाई सर्वाेत्कृष्ट मल्टिमिडियाको अनुभव प्रदान गर्नेगरी यसको डिजाइन गरिएको सामसुङ नेपालका डेपुटी जेनरल म्यानेजर, प्रणय स्थापितले जनाएका छन।   
      
६४ वाइट अक्टाकोर प्रोसेसरमा संचालन हुने फोनको ब्याट्री क्षमता ४ हजार एमएएच रहेको छ। यसको आन्तरिक स्टोरेज क्षमतालाई ६४ जिबीसम्म पुर्याउन सकिन्छ। डबल एलईडी फ्ल्यास र एफ १. ९ लेन्समा रहेको क्यामेराले कम प्रकाश भएको ठाउँमा फोटो खिच्दा पनि राम्रो आउँछ। 
 
हाइ–रेजोल्युशनभएको फ्रन्ट क्यामेराले अपग्रेडेड सेल्फीको अनुभवप्रदान गर्छ। ग्यालेक्सी सी प्रो नाइन फूल मेटल यूनिबडी डिजाइनमा रहेको छ। 
 
यस स्मार्टफोनले ‘यूएसबी सी’ सपोर्ट गरेको छ जसले अभैm छिटो डाटा ट्रान्सफर हुन मदत गर्छ। ग्राहकहरुलाई थप सुविधाप्रदानगर्न यसमा दुईवटा सिमकार्ड स्लट र एक छुट्टै माइक्रो एसडी कार्ड स्लट रहेको छ।

कालो र सुनौलौ गरी दुई रंगमा देशभरका रिटेल च्यानलमार्फत मोबाइल उपलव्ध गराइएको कम्पनीले जनाएको छ। नेपाली बजारमा यसको मूल्य ५९ हजार ९ सय ९० रुपैयाँ कायम गरीएक छ।
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved