ओप्पोको ‘आर११’ बजारमा आउंदै, १६ मेगापिक्सेल डुअल् रियर क्यामेरा जडान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 07:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि समय अगाडी डुअल सेल्फि क्यामेरा भएको ‘एफथ्री एस’ स्मार्टफोन सार्वजनिक गरि सबैको ध्यान खिच्न सफल ओप्पोले निकट भविष्यमा नै डुअल रियर (पछाडीको ) क्योमरा भएको फोन बजारमा ल्याउने भएको छ।


डुअल सेल्फि क्यामेरा भएको ‘एफथ्री एस’ सार्वजनिक गरि चर्चा बटुलेको ओप्पोले डुअल रियर (पछाडीको ) क्योमरा भएको फोन हालसम्म बजारमा ल्याउने भनीएपनि अहिलेसम्म सार्वजनिक गर्न सकेको थिएन ।


विश्वटेक बजारमा चर्चामा रहेको अनलाइन साइट ‘जिएफएक्स बेन्चमार्क’ले ओप्पोको नयाँ फोन ‘आर११’ को फिचर्ससहितको तस्बिर सार्वजनिक गरेसंगै उसले निकट भविष्यमा नै डुअल रियर (पछाडीको ) क्योमरा भएको फोन बजारमा ल्याउने अपेक्षा गरिएको छ। 


बेन्चमार्कका अनुसार ओप्पोको डुअल रियर (पछाडीको ) क्योमरा भएको फोनमा १६ मेगापिक्सेलको दुई रियर क्यामेरा बाहेक ५.५ इन्चको स्क्रिन रहने छ । यस फोनमा २० एमपीको सेल्फि क्यामेरा हुने छ ।


यस फोनमा एन्ड्रोइड ७.१.१ नोगाट भर्सन र स्नापड्रागन ६६० क्वालकम चिपसेटसहितको ४ जीबी र्याम तथा ६४ जीबी इन्टनल स्टोरेज रहने अनुमान  गरिएको छ ।


     


  


   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved