इन्टरनेट सेवामा वर्ल्डलिंकको एग्रेसिभ मुभ, ३ बर्षमा ४ अर्ब लगानी थपेर दशलाख घरमा इन्टरनेट पुर्याउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 18, 2017 | 02:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्डलिङ्क कम्युनिकेशनस  प्राइभेट लिमिटेडले ३ बर्षमा ४ अर्ब लगानी गरि २०२० सम्म नेपालका दशलाख घरमा विश्वस्तरीय इन्टरनेट सेवाको विस्तार गर्ने योजना बनाएको छ।

२१ बर्षदेखि भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवा प्रदान गर्दै आएको यस कम्पनीले पहिले नै ३ अर्ब रूपैयाँ लगानी गरिसकेको छ। लगानी थप गरि प्रयोगकर्ताहरुलाई उत्कृष्ट सेवा दिने लक्ष्य सहित वल्र्डलिङ्कले तीन प्रमुख अमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलोपटक “ १०० जीबीपिएस” भन्दा धेरै  क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख शहरमा विस्तार गरिरहेको छ ।  

उच्चस्तरीय इन्टरनेट सेवा लिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।

कम्पनीले नेपालका मुख्य शहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आम नागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा (आइपिटिभी) प्रदान गर्ने लक्ष लिएको छ ।   

हाल उपलब्ध प्रविधिहरू मध्ये सबैभन्दा उपयुक्त ‘फाइवर टु द होम’ सेवा घर घरमा पुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल (इल्त्क) तथा अप्टिकल लाइन टर्मिनल (इीत्) का लागि नोकिया नेटवर्क कम्पनीसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ। नोकिया ( पहिले अल्काटेल लुसेन्ट ) अप्टिकल नेटवर्क प्रविधिमा विश्व बजारको नेतृत्व गरेको सबैभन्दा लोकप्रिय कम्पनी हो । 

वल्र्डलिङ्कले नेट टिभीसंगको सहकार्यमा ४० भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी (क्ष्एत्ख्) सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै  मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरक फरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु ग्लोबल  ओभर द टप कन्टेन्ट (इत्त्) सेवाको विस्तार गरेको छ । 

विश्वस्तरीय साझेदारहरूसंगको सहकार्य सहितको थप लगानीले वल्र्डलिङ्कका सेवाहरू अझ छिटो छरितो र भरपर्दो हुनुका साथै आम नेपाली उपभोक्ताको पहुँचमा पुग्ने कम्पनीको दाबि छ। 

त्यस्तै सबै दिनहरूमा नेपाल अधिराज्य भरी विहान ६ बजेदेखि साँंझ ७ बजेसम्म विशिष्ट ग्राहक सेवा प्रदान गर्ने पहिलो कम्पनीका रूपमा स्थापित भएको कम्पनीको दाबि छ। वोर्ल्ड लिंकले उपलब्ध गराएको वेव पोर्टल र मोबाइल एप्सहरूको माध्यमले ग्राहकहरुले जुनसुकै समयमा यस कम्पनीको सेवा सुविधा लिन र यसका वारेमा जान्न सक्ने छन।

 नयाँ बर्ष २०७४ सालको उल्लास सँगसँगै हालको कम क्षमताको इन्टरनेट ग्राहकहरुको ब्यण्डविथ निशुल्क बृद्धि गर्दै नयाँ उच्च गतिका प्याकेजहरु पनि बजारमा ल्याउने वर्ल्डलिंकले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved