डुअल फ्रण्ट क्यामेरा सहितको सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गर्दै ओप्पो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 23, 2017 | 07:53:03 AM मा प्रकाशित

laxmi  sunrise bank

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ। यस नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले लिन सक्ने ओप्पोले जनाएको छ।

सार्वजनिक गर्ने तयारीमा रहेको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रण्ट क्यामेरालाई निरन्तर्ता दिइएको छ। डुअल सेल्फी क्यामेरा मध्य एक ब्यक्तिगत सेल्फीका लागि र अर्कोमा सामुहिक (ग्रुप) सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा उपलब्ध गरिएको छ।

नेपाल लगायत भारत, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स र म्यान्मारमा अप्रिल १ बाट एफथ्री प्लसको फर्स्ट सेलको सुरुवात गरिएको थियो।  

साधारण सेल्फी क्यामेराका तुलनामा ओप्पो एफथ्रीमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved