एचटिसीका बहुप्रतिक्षित स्मार्टफोनका मोडलहरु नेपालमा उपलब्ध, यस्ता छन् बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2017 | 10:51:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्सले एचटिसी यू प्ले, एचटिसी वान एक्स ९ तथा एचटिसी डिजायर ८२५ सार्वजनिक गरेको छ । 

एचटिसी यू प्लेको मूल्य रु ४९,९९९, एचटिसी वान एक्स ९ को मूल्य रु २८,६०० तथा एचटिसी डिजाइर ८२५ को मूल्य रु. १८,९०० तोकिएको छ । एचटिसी यू प्ले निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ९ सुनौलो र ग्रे रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी डिजाइर ८२५ ग्रे र सेतो रंगको अप्सनमा उपलब्ध छ ।

एचटिसी यू प्ले


एचटिसीको यू सिरिज सन् २०१७ मा शुरु भएको हो, जसमा नयाँ डिजाइर र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो, कम्पनीकाअनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिन्छ । यसमा ५.२ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ भने गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । यसमा २.० गीगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरेको छ । फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज छ जसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ । फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा छ जसले कम प्रकाशमा पनि चहकिलो फाटो खिच्न सक्दछ । यसको दुबै क्यामराले एचडी क्वालिटिको भिडियो रेकर्ड गर्न सकिन्छ । एचटिसी यू प्ले स्मार्टफोना २५०० एमएएचको ब्याट्री प्याक छ, जसले ८ घण्टासम्मको रेकर्ड गर्न सकिन्छ भने ४४ मिनेटसम्म निरन्तर एचडी भिडियोहरु हेर्न सकिन्छ । सामान्य प्रयोगका लागि भने दिनभर ब्याट्री ब्याकअप दिन्छ । फोनमा एचटिसी यू सोनिक, ड्यूल नानो सिम स्लट, ब्लूटूथ ४.२, ड्यूल ब्याण्ड वाईफाई, एनएफसी, ओटिजी, जीपीएस, ग्लोनासलगायतका सुविधा छन्। फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जाईरोस्कोप, म्याग्नेटिक तथा फिंगरप्रिन्टलगायतका सेन्सर रहेको छ ।

एचटिसी वान एक्स ९


एचटिसी वान एक्स ९ डिजाईर श्रेणीको उत्कृष्ट स्मार्टफोन रहेको कम्पनीको दाबी छ। वान एक्स ९ मा पुरा मेटल फ्रेम प्रयोग गरिएको छ जसले फोनलाई निकै आकर्षक र प्रिमियम ह्याण्डसेट बनाएको छ । यसको अग्रभागमा ग्लास राखिएको छ जो केहि घुमाउदार र आकर्षक देखिन्छ । यसको डिस्प्ले भन्दा मुनी ब्याक, होम र रिसेन्ट बटनराखिएको छ । यसको स्क्रीनलाई गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ड्यूल स्पीकर ग्रिले प्रयोग गरिएको छ । 

एचटिसी वान एक्स ९ मा ५.५ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ, जसले घाम लागेको बेलामा पनि सहजरुपमा फोन हेर्न र चलाउन सकिन्छ । यो फोनमा भएको ड्यूल एचटिसी बूम साउण्ड स्पीकरले गर्दा फोनमा भिडियो र गेम खेल्न निकै आनन्द हुन्छ ।एचटिसी वान एक्स ९ मा मिडिया टेकको अक्टाकोर हेलियो एक्स १० प्रोसेसर छ भने ३ जीबीको र्याम रहेको छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज छ भने यसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ। फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगपिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । वान एक्स ९ मा ब्लूटूथ ४.२, वाईफाई ,जीपीएस, ग्लोनास, मिराकास्ट तथा फोरजी एलटिईको सुविधा छ । फोनमा ३,००० एमएएचको ब्याट्री छ भने क्विक चार्जीङ सपोर्ट गर्दछ ।


एचटिसी डिजायर ८२५


यो स्मार्टफोनमा ५.५ इन्चको टचस्क्रीन डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन ७२०ह्१२८० पिक्सेल छ । फोनमा १.६ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४०० प्रोसेसर छ भने २ जीबीको र्याम राखिएको छ। फोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगबाट बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ। क्यामराको बारेमा, एचटिसी डिजायर ८२५ मा १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ । एन्ड्रोयड ६.० भर्सनमा संचालन हुने फोनमा २७०० एमएएचको रिमुभेवल ब्याट्री छ । एचटिसी डिजायर ८२५ मा ड्यूल माइक्रो सिम सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, जीपीएस, ब्लूटूथ, यूएसबी ओटिजी, एफएम, थ्रीजी तथा फोरजी राखिएको छ । यसमा प्रोक्सिमिटी सेन्सर, एक्सेलेरोमिटर, एम्बिएन्ट लाइस सेन्सर तथा जाइरोस्कोप राखिएको छ ।

सक्कली भ्याटबिल लिन तथा एचटिसीका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र एचटिसीका उत्पादनहरु खरिद गर्न कम्पनीले अनुरोध गरेको छ। ग्राहकहरुलाई उत्पादन खरिदमा सक्कली बिल मात्र लिन अनुरोध गर्दै कम्पनीले एचटिसी आधिकारिक स्टोरहरु बाट किन्दा जेननेक्स्टको होलोग्राम बक्स भएको यकिन गर्न खरिदकर्तालाई सुझाएको छ।


खरिद गर्दा सावधानी अपनाउनु पर्ने

खरिद गरेको एचटिसीका उत्पादनहरु आधिकारिक हुनवा होइनन थाहा पाउनका लागि उपभोक्ताले यो वेबसाइट लिंकमाधधध।नलभहतअयm।अयmरअजभअप(कभचखष्अभ(तबनमा गएर एचटिसीको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् । 

सबै ग्राहकले सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गर्न र स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरि सर्तकता अपनाउन कम्पनीको आग्रह रहेको छ। कम्पनीका अनुसार ग्रे फोनहरु अनधिकृतरुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन । त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् ।

नेपाल दूरसंचार प्राधिकरणले (एनटिए) अनधिकृत रुपमा आयातित फोनहरु कुनैपनि बेला ब्लक गर्न सक्दछ भने फोन कलको गुणस्तर पनि न्यू्न हुन्छ । बितरकहरुले आयात गर्नुभन्दा पहिले नै एनटिएलाई बुझाएको आईएमईआई नम्बर दर्ता भएका फोनहरुले मात्र काम गर्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved