टाटा कार मेला सिजन ४ सुरु , ६.५ प्रतिशत ब्याजमा तुरुन्त गाडी किन्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2016 | 06:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिप्रदी ट्रेडिङ्गले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला सिजन ४ काठमाडौंको नक्साल बैङ्केटमा शुरु भएको छ। सो मेलाको मुख्य आकर्षणमा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, सहज फाइनान्स सुविधा आदि रहेका छन् ।

फुड स्टल, बी–बोईङ्ग, नेल पेन्टिङ्ग, गेम स्टल एवं खेल प्रतियोगिताहरु, साँगितिक कार्यक्रम र आकर्षक उपहारहरु कार्यक्रमका अन्य आकर्षण रहेका छन। 

सो अवसरमा गाडीको निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमाको सुविधा, ६.५ प्रतिशत आकर्षक ब्याजदर र ४ लाख सम्मको फाइदा प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ । साथै उत्कृष्ट भ्यालुएशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ्ग गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङ्गमा १ जोडीलाई फ्रि थाइल्याण्ड ट्रिप समेत प्रदान गरिने जनाइएको छ।

टाटाका कार प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २०७३ साउन २७ देखि ३० गतेसम्म संचालन हुने उक्त ४ दिने भव्य मेलामा ३००० भन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने कम्पनीको बिश्वास छ। नेपालको लागि टाटा गाडीहरुको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ई.सं २००० देखि नेपालमा टाटा पेसेन्जर गाडीहरुको बिक्री वितरण गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved