ओप्पोको एफथ्री ब्ल्याक भर्सन सार्वजनिक (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 10:11:37 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रंगमा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ। केहि समय अगाडी ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरासहित ग्रुप सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन रहेको कम्पनीले जनाएको छ।

उपभोक्ताको आवश्यकता र माग अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ओप्पोले उपभोक्ता, विशेषगरी युवा पुस्तासंग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको जनाएको छ । 

एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल बिक्रि केन्द्रहरु मार्फत बजारमा उपलब्ध हुने जनाइएको छ। एफथ्रीको नयाँ भर्जन सार्वजनिक गर्ने क्रममा कम्पनीले नेपालमा पनि क्रिकेट प्रति मायाँ दर्साउने सोचका साथ खेलसँग सम्बन्धित नयाँ टीभीसी सार्वजनिक गरेको छ ।

    

फिचर 

ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ । यसमा पीडीएएफ प्रविधिका साथै १/३ ईञ्च सेन्सर पनि जडान गरिएको छ  । डुअल सेल्फी क्यामेरा रहेको यस एफथ्रीमा ४ जीबी र्‍याम र ६४ जीबी रोम सहितको कलर ओएस ३.० (सञ्चालन प्रणाली) र ओक्टा-कोर प्रोशेसर छ । 

फोनमा जडान गरिएको टि्रपल स्लोट कार्ड ट्रेमा दूईओटा नानो सिम र मोइक्रोएसडी कार्डको एकसाथ प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले लामो समय सम्म फोनको निरन्तर प्रयोग गर्ने सुविधा प्राप्त गरुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीले वास्तविक प्रयोगद्वारा फोनमा रहेको ब्याट्रीको परिक्षण गरिँदा फोनले निरन्तर १५ घण्टा काम गरेको जानकारी दिइएको छ । यसले मल्टिटास्किङका साथै, तिब्र गतिको कार्य सम्पादन क्षमताको सुनिश्चितता प्रदान गर्छ ।   

ओप्पोले सन् २०१६ मा सेल्फी एक्स्पर्ट एफ सिरिजका साथमा नेपाली बजारमा सेल्फी केन्द्रित स्मार्टफोन सार्वजनिक गरेको हो । आईडीसीका अनुसार सन् २०१६मा ओप्पोले वैश्विक रुपमै चौँथौँ स्मार्टफोन ब्राण्डको उपाधी हात पार्यो । अहिलेको समय सम्म आइपुग्दा ओप्पोले विश्वभरका १० करोड भन्दा बढी सङ्ख्यामा यूवाहरुलाई उत्कृष्ट स्मार्टफोन फोटोग्राफी अनुभव प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved