मोबाइलबाटै कारोबार गर्न मिल्ने ‘खल्ती’ वालेट सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 16, 2017 | 09:11:48 PM मा प्रकाशित

laxmi  sunrise bank

स्प्यारो पे प्रालिले डिजिटल वालेट ‘खल्ती’ सार्वजनिक गरेको छ। कारोबारलाई नगदरहित र थप पारदर्शी बनाउने उदेश्यले वालेट 'खल्ती' ल्याइएको जनाइएको छ।

कम्पनीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले मोबाइल नम्वरका आधारमा रजिष्टर गरी यसको सदस्यता लिन सकिने बताएका छन। उनका अनुसार हाल ई-बैंकिङको सेवा लिएका र नलिएकाले पनि खल्ती वालेटमार्फत कारोबार गर्न सक्ने छन। 

‘ई बैंकिङ सेवा लिएकालाई त समस्या नै भएन, नलिएकाले पनि बैंकहरुमा हाम्रो भौचर हुन्छ, त्यो भौचर भरेर, त्यसैमार्फत चाहेको कारोबार गर्न सक्छन्’ उनले भने। इन्टरनेटको बिल भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको टिकट, मुभी टिकेट लगायत धेरै सेवाहरु यस वालेटको प्रयोगबाट लिन सकिन्छ।

यसरी वालेट लिइसकेपछि प्रयोगकर्ताले विभिन्न सेवाका लागि नगद पैसा बोक्ने झन्झटबाट मुक्त भई मोबाइलमार्फत नै विभिन्न सेवाहरु पाउनेछन।  ‘भारतसहित विश्वका विकसित देशहरुमा समेत वालेट प्रयोग बढ्दै गएको सन्दर्भमा नेपालमा पनि यसको प्रयोग बढ्नेमा हामी आशावादी छौँ’ मोदीले भने।


यसकाे लागि सबैभन्दा पहिले खल्तीकाे वेबसाइट https://khalti.com/ गएर खाता खाेल्नुपर्छ। त्यसपछि एन्ड्राेइड एप डाउनलाेड गरेर सहजै काराेबार गर्न सकिन्छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved