हुवावेको पि टेन प्लस स्मार्टफोन सार्वजनिक,एनसेलको निशुल्क डाटा सहित ग्राहकलाई ६ बिशेष सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 07:27:57 PM मा प्रकाशित

laxmi  sunrise bank

हुवावे टेक्नोलोजिले डेटा सेवा बण्डलिङ्ग सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले एनसेलसंगको सहकार्यमा डेटा सेवा बण्डलिङ्ग र पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित नयाँ पि टेन प्लस स्मार्टफोन बजारमा ल्याएको हो। 


एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउँनेछन्। यस सहकार्यले ग्राहकलाई विषेश लाभ हुने र उनीहरुलाई उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने विश्वास एनसेल र हुवावेले लिएको छ।

बण्डलिङ्ग अन्तर्गतको डेटाकोसेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उक्त मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ । त्यस पश्चात ग्राहकले अफर अन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिदै आफ्ना कार्यहरु उच्च गतिमा गर्न सक्नेछन् । 

पि टेन प्लस मोडल अन्तर्गतका स्माटफोनमा ६४ जिबि आन्तरिक मेमोरी रहेको छ भने यी आकर्षक सुनौलो, कालो र चाँदीको रङ्गमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

एनसेलको १० जिबि डेटा, विषेश डिजाइन रहेको पि टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा, सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र प्रदान गरिने बिक्रि पछिको भिआईपि सेवा र घर-घर गई हुवावेका प्रतिनिधीहरुले प्रदान गर्ने विक्री पछिको सेवा सुविधाले पि टेनलाई अझ विशेष बनाएको कम्पनीको दाबी छ। 

पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि-लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स-साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, दु्रतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् । 

हुवावेले पि टेन प्लसका साथ साथै नेपाली बजारलाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ । हुवावेले आफ्नो वाई सिरिज अन्र्तगत नवआगन्तुक स्मार्टफोन ग्राहकदेखि युवाको चाहनालाई ध्यानमा राख्दै नयाँ स्मार्टफोनहरु भित्राएको छ । हुवावेले २०१७ सिरिजको नयाँ पुनरावृत्ति अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ । साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ जुन् स्मार्टफोन २०१६ मा ल्याइएको र एकदमै रुचाइएको वाई सिक्स मोडलको नयाँ संस्करण हो ।       




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved