केएल मोबाइल एक्स्पोको समय थप, स्टक क्लियरेन्समा ६० प्रतिशत सम्म छुटमा मोबाइल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 05, 2017 | 04:29:41 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोको समय असार मसान्त सम्मका लागि थप गरिएको छ । स्टक क्लियरेन्स गर्नुपर्ने केहि मोबाइल सेटहरु ६० प्रतिशत छुटमा कारोबार गरिरहेको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । 

यसैगरि मोबाइल हबमा मोबाइल खरिद सँगै केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेशकुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथमहुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेकोपनि ग्लाइडरले जानकारी दिए । 

वान प्लस ५ मोबाइलको प्रि बुकिङमा ७ हजार ८ सय रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र क्लब डेजाबुको १ बर्षको लागि प्रिभिलेज कार्ड उपलब्ध गराइने निर्देशक संगम राइले जानकारी दिए । 


विश्वबजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार भइरहेको यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो,वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । 

मोबाइल हबमा प्रबेश गर्ने सबैलाइ प्रत्यक्ष लक्की ड्र मा समाबेश गराइदै आएकोमा हाल सम्म सयौं जनाले सेल्फी स्टिक, टिशर्ट, रिङ स्ट्याण्ड, मोबाइल लगायतका उपहार पाइसकेका छन् । हरेक मोबाइलको खरिदमा ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाइने भएका कारण पनि मोबाइल एक्स्पोमा खरिदकर्ताहरुको घुइँचो लागेको केएल मोबाइल हबले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved