सुजुकीको ६० किलोमिटर माइलेज दिने नयाँ स्कुटर सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 05:20:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल निर्माता कम्पनी सुजुकीले नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले १२५ सिसिको स्कुटर ‘एक्सेस’ लाई नयाँ रङमा बजारमा ल्याएको हो। 

नयाँ एक्सेस ‘म्याट’ रङमा उपलब्ध हुनुका साथै यसमा डिस्क ब्रेक पनि छ। यस स्कुटरको मूल्य ५९ हजार ६३ भारतीय रुपैयाँ तोकिएको छ।१२५ सिसिको एक्सेसले अधिक ८.७ बीएचपी शक्ति र १०.२ एनएम टर्क उत्सर्जन गर्छ। अटोमेटिक ट्रान्समिसन भएको यो स्कुटरले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved