भारतमा बनेका आइफोन बिक्री सुरू, चीनको बजार खोस्दै भारत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 12:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकि बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा आइफोन उत्पादन गरेको छ। कम्पनीले भारतमा उत्पादन गरिएको सानो र सस्तो मोडल '‘आइफोन एसइ’ त्यहाँको बजारमा बिक्री पनि सुरु गरिसकेको छ। 

सिमित संख्यामा उत्पादन गरिएका ‘आइफोन एसइ’ त्यहाँका केहि निश्चित एप्पल स्टोरमा मात्र उपलब्ध गराइएको बताइएको छ। उक्त फोनको मूल्य ४३ हजार ५२० रुपैयाँ रोकिएको छ।  

भारतमा उत्पादन गरिएका एप्पलका फोनहरुमा क्यालिफोर्नियामा डिजाइन र भारतमा ‘एसेम्बल’ गरिएको भनी लेखिएको भारतीय संचार माध्यमले जनाएका छन। अमेरिकि बहुराष्ट्रिय कम्पनी एप्पलले चीनमा ठुलो मात्रामा आइफोन उत्पादन गरि बिश्व बजारमा आपूर्ति गर्दै आएको छ। नेपालमा बिक्री हुने एप्पलका फोनहरुमा क्यालिफोर्नियामा डिजाइन र चीनमा एसेम्बल गरिएको लेखिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved