एकै दिनमा २२ वटा महिन्द्रा बोलेरो तथा स्कोर्पियो पिक अप विक्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 08:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि महिन्द्रा अटोमोबाइल्स्को आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले एकै दिन महिन्द्रा शोरुमबाट २२ वटा महिन्द्रा बोलेरो तथा महिन्द्रा स्कोर्पियो पिक अप विक्री गरेको छ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप आधिकारिक बिक्रेता रहेको महिन्द्राले देशका २० मुख्य क्षेत्रहरुमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन्।

यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् । एक दशकको अन्तरालमा, महिन्द्राले नेपाली आटोमोबाइल्सको क्षेत्रमा सुरक्षित यात्रा, ग्रामीण एवम् साहसिक अफ रोड यात्रामा आफूलाई स्थापित गराउँदै आएको कम्पनीको दाबी छ।

नवीनतम प्रविधीमा आधारित भई सूचना प्रविधिसँग सम्बन्धित सेवा प्रदान गर्दै आएको यस कम्पनीले ग्रामीण समृद्धिमा विशेष योगदान समेत गर्दै आएको छ । महिन्द्रा कम्पनी यातायातदेखि ग्रामीण समृछि तथा सूचना प्रविधिसम्म तथा वित्तीय सेवादेखि क्लिन इनर्जीसम्मका क्षेत्रमा जताततै सशक्त रुपमा अगाडि बढ्दै आएको छ ।

सन् १९४५ मा भारतको स्टिल इन्डस्ट्रिजमा प्रवेश गरेसँगै आज १९ अर्ब अमेरिकी डलरको यस मल्टीनेशनल ग्रुपले १०० वटाभन्दा बढी देशहरुमा भएका २००,००० व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारको अवसर प्रदान गराउँदै आएको छ 




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved