पीएलओ लुब्रिकेन्ट्सका उत्कृष्ट ६० डिलर सहित ८० जनाको टोली थाईल्याण्ड भ्रमणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 01:01:30 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक वर्ष उत्कृष्ट डिलरलाई विदेश भ्रमण गराउँदै आएको पूर्वाञ्चल ल्यूव आयल पीएलओले यसपटक नेपालभरका डिलरहरुको मीट (सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ । यसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको हो । 

साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको अवलोकन गराउने कार्यक्रम रहेको पीएलओ लुब्रिकेन्टसका निर्देशक कृष्णप्रसाद दुलालले जानकारी दिए । पीएलओ, मेगा, स्टार लुब्रिकेन्टसको उत्पादन तथा वितरण गर्दै आएको पूर्वान्चल ल्यूब आयलले आफू नेपाली उत्पादनमध्ये पहिलो नम्बरमा रहेको दाबी गर्दै आएको छ । उच्च बजार हिस्सा ओगट्ने गरी प्रवद्र्धनमा जुटिरहेको पीएलओले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफू मातहत रहने दाबी गरेको छ ।

मोरङको बिराटचोकमा उत्पादन प्लान्ट राखेको पिएलओले आफ्ना उत्पादन नेपालभर बिक्री वितरण गर्दै आएको छ । 

यसअघि पीएलओले आफ्ना उत्कृष्ट डिलरलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाको भ्रमण गराइसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved