वर्ल्डलिंकको नयाँ योजना, १८ सय ३३ रुपैयाँमा ५० एमबिपिएसको इन्टरनेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 09:35:29 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्डलिंकले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ। ‘छिटो भनेकै वर्ल्डलिंक’ योजनामा सस्तोमा तिब्र गतिको इन्टरनेट सेवाको अफर ल्याइएको वर्ल्डलिंकले जनाएको छ।

नयाँ योजना अन्तर्गत वर्ल्डलिंकले ५० एमबिपिएस अनलिमिटेडको १८ सय ३३ रुपैयाँ, २५ एमबिपिएसको १४ सय ५० र ५ एबिपिएसको ११ सय ५० रुपैयाँ लाग्ने जनाएको छ। पुराना ग्राहकले पनि यो सेवा प्रयोग गर्न सक्नेछन् ।

वर्ल्डलिंक कम्युनिकेशनस प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालका दशलाख घरमा विश्वस्तरीय फाइवर टु द होम नेटवर्क सेवाको विस्तार गर्ने योजना लिएको छ । कम्पनीले नेपालका मुख्य शहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आम नागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने जनाएको छ।

हाल, उच्चस्तरीय इन्टरनेट सेवा लिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved