एप्पल वल्र्डमा‘स्मार्टफोन सट्टा–पट्टा’ मेला, हरेक सट्टा–पट्टामा गिफ्ट ह्याम्पर पक्का, १ घण्टामा मर्मत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 01:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लेटेस्ट एन्ड ब्राण्डेड मोबाइलको बिक्री तथा सबैभन्दा सस्तोमा मोबाइल कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले स्मार्टफोन सट्टा–पट्टा मेला बुधबारबाट सुरु गरेको छ । दरबारमार्ग स्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले कुनै पनि पुराना स्मार्ट फोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सहज होस् भन्ने उद्देश्यले मेला गरेको जनाएको छ । मेलामा पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने एप्पल वल्र्डका सेल्स म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए । 

मोबाइल एक्सचेन्ज, फेस टु फेस मोबाइल मर्मत, बिश्व बजारमा पाइने सबै मोबाइल उपलब्ध गराई  टच एन्ड फिलको सुविधा सहित आफ्नो कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको छ । 

पुरानो मोबाइल भएका तथा नयाँ मोबाइल खरिद गर्न चाहनेहरुलाई यो सट्टा–पट्टा मेलाले फाइदापुग्ने विश्वास सेल्स म्यानेजर ठकुरीले लिएका छन् ।

मेलामानयाँप्रविधिमार्फत फुटेको डिस्प्ले बनाउने, ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने  तथा मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वानप्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन्भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । सट्टा पट्टा मेला हरितालिका तीज सम्म चल्ने  कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved