केएल टावरमा विग अफर सेल मेला, हरेक सामानमा ५० प्रतिशतसम्म छूट सहित उपहारको बर्षा

मेला अबधि भर निःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेशनशो, गेम शो
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2017 | 01:53:56 PM मा प्रकाशित

laxmi  sunrise bank

चुच्चेपाटी, चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विग अफर सेल (BIG OFFER SALE) सुरु भएको छ । वार्षिक रुपमा हुदै आएको सेल मेला तीन साता सम्म संचालन हुनेछ । 

नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए ।

साथै सेल मेला अवधिभर सपिगं गर्ने गाहकले दैनिक रुपमा विभिन्न आर्कषक  उपहार समेत पाउनेछन । दैनिक सेल एण्ड विन अफरमा ग्राहकले एक हजार रुपैयाँको सपिगं भौचर, के एल फुडकोर्टको लन्च कुपन, एफक्युब सिनेमाको टिकट, मेहेन्दि र हेयर कट कुपन लगायतका विभिन्न उपहार पाउन सक्नेछन। 

त्यस्तै बम्पर उपहार अन्तर्गत ४० हजार रुपैंया बराबरको स्मार्ट फोन, दश हजारं, पाँच हजार र तीन हजारको सपिगं कुपन , फुल क्यास ब्याक तथा एफक्युब सिनेमाको टिकट जित्न सक्ने आयोजकले जनाएको छ । 

विगअफर सेल मेलामा लुगा, जुत्ता, घडी, ब्याग लगायतका दुई हजार भन्दा बढी किसिमका सामानहरुको खरिदमा असिमित छुट दिइने टावरले जनाएको  छ ।  

यस सेल मेलाअवधि भर केएल टावरमा निःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेशनशो, गेमशो लगायत कार्यक्रम पनि आयोजना हुने बताइएको छ । विग अफर सेल मेला आगामी भदौ १० गते सम्म चल्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved