बजाज र ट्रियूम्फबीच ग्लोबल साझेदारी, मोटरसाइकल उत्पादनमा सहकार्य गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 02:25:43 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई ठुला मोटरसाइकल उत्पादक कम्पनी ट्रियूम्फ र बजाजले विश्वव्यापी बजारमा प्रवेशका लागि साझेदारी गरेका छन। बजाज अटोले ट्रियूम्फसंग मिलेर मोटरसाइकल उत्पादन गर्ने जनाइएको छ।      

सम्झौता अनुसार बेलायती कम्पनी ट्रियूम्फ मोटरसाइकलसंगको साझेदारीमा बजाजले अब विश्वभरी बजार विस्तार गर्नेछ। तत्काल मध्य क्षमताका मोटरसाइकल बजारमा ल्याइनेछ। दुवै मोटरसाइकल उत्पादक कम्पनीले ४०० देखि ८०० सिसि इन्जिनसम्मका उत्पादन गर्ने अटो एनडिटिभीले जनाएको छ।


हाइलाइट 
-मध्य क्षमताको मोटरसाइकल उत्पादन गर्न बिश्वब्यापी साझेदारी
-बिश्वका नयाँ बजार प्रवेशका लागि ट्रियूम्फले बजार विस्तार गर्ने
-बजाजले नयाँ साझेदारी मार्फत मोटरसाइकलको ठूलो दायरा बनाउने  

घरेलु र अन्तर्राष्ट्रिय बजारमा बजाजले ट्रियूम्फ ब्रान्ड र मोटरसाइकल प्रविधि पाउनेछ। उसले पुणेस्थित आफ्नो प्लान्टबाट यी मोटरसाइकल उत्पादन गर्ने बताइएको छ।

ट्रियूम्फले उच्च गुणस्तरका क्लासिक, रोडस्टर्स, क्रुजर र एडभेन्चर सेगमेन्टमा मोटरसाइकल उत्पादन गर्दै आएको छ। यसको सबैभन्दा सानो इन्जिन नै ६७५ सिसिको छ। भारतीय बजारमा ट्रियूम्फको मूल्य साढे पाँच लाख भारूबाट सुरु हुन्छ।

ट्रियूम्फको स्ट्रिट ट्विन भारतमा सबै भन्दा बढी मोटरसाइकल बिक्री गर्ने मध्य एक हो। त्यस्तै बजाज भारतको दोस्रो ठूलो दुईपांग्रे कम्पनी हो। आफ्ना ७ ब्राण्डका साथै अष्ट्रियन कम्पनी केटीएमका मोटरसाइकल पनि यसले बिक्री वितरण गर्दै आएको छ।

triumph street twin

new new bajaj pulsar 150


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved