सामसङ ग्यालेक्सी म्याक्सको खरिदमा टेलिकमको निुशल्क सिम, मासिक एक जिबी डाटा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 02:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank


सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ ग्यालेक्सी जे सेभेन म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ। यस फोनमा ५.७ इन्चको एफएचडी डिस्प्ले र नोगट ७.०.१ भर्सनको अपरेटिङ सिस्टम समावेश भएको कम्पनीले जनाएको छ।

सामसुङ ग्यालेक्सी जे सेभेन म्याक्स मोवाइलमा ४ जीबी र्याम तथा ३२ जीबी इन्टरनल मेमोरी रहेको छ भने १.६ गिगाहर्ज अक्टाकोर प्रोसेसर छ।फोनमा एफ १.७ को लेन्स र फ्लयास् सहितको १३ मेगापिक्सेलको रियर तथा एफ१.९ को लेन्स र फ्लयास्सहितको सेल्फी क्यामेरा रहेको छ। 

३३०० एमएएच ब्याट्री क्षमता रहेको यस फोनमा ब्ल्याक र गोल्ड गरी दुई रंगमा उपलब्ध छ। कम्पनीले ल्याएको हालको अफर अनुसार जे सेभेन म्याक्स सेट २८ हजार २ सय ९० मा उपलब्ध छ। 

नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न, जे सेभेन म्याक्सले नेपाल टेलिकमसँग सहकार्य गरी जे सेभेन म्याक्स का ग्राहकहरुलाई ७ महिनासम्म प्रतिमहिना १ जिबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गरेको छ। निःशुल्क सिमकार्ड सामसुङ ब्राण्ड सपहरुबाट मात्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved