टाटा ‘टिगोर’ नेपाल भित्रियो, न्युनतम मुल्य २३ लाख ४५ हजार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 09, 2017 | 08:39:07 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपालका लागि टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ कार ‘टिगोर’ भित्र्याएको छ। साउन २५ गते बुधबार राजधानीमा एक कार्यक्रमबीच टाटाको 'टिगोर' सार्जनिक गरिएको हो।  

नेपाली बजारमा टाटाको 'टिगोर' को मुल्य २३ लाख ४५ हजार रुपैयाँ कायम गरिएको छ। टाटा मोटर्सका अन्तर्राष्ट्रिय बजार प्रमुख जोनी ओम्मेनले टिगोर भावी पुस्ताको माग ध्यानमा राखेर अत्याधुनिक विशेषतासहित निर्माण गरिएको जानकारी दिए। उनले टाटाको 'टिगोर' अन्य उत्पादन भन्दा केहि फरक भएकाले यसलाई स्टाइल ब्याक नाम दिइएको बताए। 

त्यस्तै सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले मल्टी ड्राइभ मोडको लागि रिभोटर्न १.२ लिटर पेट्रोल संस्करणको 'टिगोर' लाई ग्राहकले अत्यधीक रुपमा मनपराउने बिश्वास व्यक्त गरे।     


टिगोर एक्स इ, एक्स टि, एक्स जेड, एक्स जेड (ओ) संस्करण र कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड गरी ६ रङमा उपलब्ध रहेको जनाइएको छ। कारमा टाटा मोटर्सले ४ वर्ष वा ७५,००० किलोमिटर वारेन्टी प्रदान गर्ने जनाएको छ।

संस्करण अनुसार गाडीको मुल्य 

एक्स इः २३ लाख ४५ हजार

एक्स टिः २६ लाख ७५ हजार

एक्स जेडः २८ लाख ७५ हजार

एक्स जेड (ओ): २९ लाख ९५ हजार रुपैयाँ


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved