शंकर ग्रुपले ल्यायो राइनो फलामे छड, निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुतीको लागी ग्यारेण्टि कार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2016 | 07:40:09 PM मा प्रकाशित

laxmi  sunrise bank

शंकर ग्रुप अन्तर्ग्तको जगदम्बा स्टिल्सले नेपाली बजारमा राइनो ५००डी फलामे छड सार्वजनिक गरेको छ। सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम ०.०७५ प्रतिशत मात्र प्रयोग गरिएको ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको नयाँ छड भएको कम्पनीको दाबी छ।

उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुती दिने चाहना अनुरुप कम्पनीले उत्पादनको खरिदमा राइनो ५००डी ग्यारेण्टि कार्डपनि उपलब्ध गराउने भएको छ। 

सो अवसरमा शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अर्थ ब्यवस्थामा देखिएको उन्नतीका कारण हाउजिङ लगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसरको सिर्जना भएको बताए । भुकम्पिय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भुकम्प प्रतिरोधात्मक निर्माणका लागी कम्पनीले एफई ५००डी गे्रडमा फलामे छड राइनो ५००डी सार्वजनिक गरिएकोे उनले बताए।नेपालकै पहिलो र आफ्नो प्रकारको एक मात्र अत्यधिक शक्तिशाली र अधिकतम डक्टिलिटी सहितको फलामे छड भएको उनको दाबी छ।

कम्पनीका अनुसार ५००डी फलामे छड नेपाल जस्तो उच्च भुकम्पीय जोखिम सम्भावित क्षेत्रमा साना ब्यक्तिगत घरदेखि ठूल्ठूला पूर्वाधार लगायत परियोजना निर्माणका लागि विशेष उपयुक्त छ। बहु तले भवन, पूल, फ्लाइओभर्स तथा बाँध, विण्ड टर्बाइनको जग, औद्योगिक संरचनाहरु, कंक्रिट सडकहरु, टनेल्स, थर्मल तथा जलविद्युतिय पावर स्टेसन्स लगायतको निर्माणका लागि उपयुक्त छ। 

उपलब्धता

कम्पनीको नेपाल भर रहेका विशेष खुद्रा विक्रि केन्द्र मार्फत उपभोक्ताले ८ एमएम देखि ३२ एमएम सम्मको साइजमा सहजै राइनो ५००डी रेबार खरिद गर्न सक्छन् । साथै, उपभोक्ताको माग तथा परियोजनाको आवश्यकता अनुसार ३६ एमएम र ४० एमएम साइजमापनि कम्पनीले रेबार उपलब्ध गराउँछ । 

निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनिकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved