राजधानीमा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 02:44:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ । नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब ले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने छ । तालिमकै अवधीमा खुद्रा पसलको अबलोकन, कट फ्लावर लामो समय टिकाउ बनाउने तरिका, बिभिन्न कार्यक्रमहरुमा गरिने पुष्प सजावटको तरिकाहरु पनि सिकाइने फ्लोरिकल्चर एशोसिएशन तालिम संयोजक बिश्वमणि पोखरेलले जानकारी दिए । 

कट फ्लावर सप एरेन्जमेन्ट तालिमका प्रमुख अतिथी नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब शुरेश बाबु तिवारीले उत्पादनको अन्तिम ढोका खुद्रा पसल भएकोले खुद्रा पसलको ब्यबस्थापन तालिम सबै ब्यबशायीका लागि महत्वपूर्ण हुने बताए । 

फ्लोरिकल्चर एशोसिएशन नेपाल २५ बर्षमा लागेको र अब युवा भइसकेको बताउँदै फ्यान अध्यक्ष कुमार कसजु श्रेष्ठले  फ्लोरिकल्चर उद्योगको बिकास र बिस्तारका लागि सरकार र नीजी क्षेत्र सँगै अगाडी बढ्नुपर्ने बिचार ब्यक्त गरे । देश नै प्रादेशिक संरचनामा गइसकेको अबस्थामा फ्लोरिकल्चर क्षेत्रका बिबिध गतिबिधीहरु, तालिमर मेला पनि प्रादेशिक संरचनामा गर्नुपर्ने अबस्था आइसकेको फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए ।

नेपालमा संख्यात्मक रुपमा कट फ्लावर सपहरु खुलेपनि गुणात्मक बन्न नसकेका खुद्रा पसलहरुलाई  यो तालिमले फाइदा पुग्ने बिश्वास फ्यानले गरेको अध्यक्ष कसजुले बताए  । 

कार्यक्रममा नेपाल सरकार कृषि बिकास मन्त्रालयका उपसचिब शिरिष पुन, पुष्प बिकास केन्द्रका प्रमुख द्रोण राज काफ्ले, जिल्ला कृषि बिकास कार्यालय काठमाडौंका प्रमुख यम कुमारी श्रेष्ठ, तालिमका मुख्य प्रशिक्षक नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब लगायत फ्यानका पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved