बिजी मलमा ‘मनसुन फेस्ट सेल’ सुरु, ५० प्रतिशतसम्म छुट, साथमा मनोरञ्जनात्मक कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 02:51:56 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘मनसुन फेस्ट सेल’सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । 

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘मनसुन फेस्ट सेल’को आयोजना गरिएको मलले जानकारी दिएको छ । ‘मनसुन फेस्ट सेल’ भदौ १ गतेदेखि १७ गतेसम्म  सञ्चालन हुनेछ । सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।

मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा,जुत्ता चप्पल,खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीमा आर्कषक छुटको व्यवस्था समेत गरेको छ । ग्राहकले पचास प्रतिशत छुटसम्म किनमेल गर्नसक्ने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् ।

साथै ‘मनसुन फेस्ट सेल’अवधि भर मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत प्रस्तुत हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved