शिवम् सिमेन्ट न्यु डायमन्डको मुख्य प्रायोजक, वार्षिक ८ लाखको सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 07:42:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली महिला भलिबलको टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो ।

सम्झौता पत्रमा शिवम सिमेन्ट लिमिटेड लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्ड प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे ।

सम्झौता अनुसार शिवम् सिमेन्टले न्यू डायमण्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ । सम्झौतासँगै न्यू डायमण्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगो अंकित जर्सी लगाउनेछन । 

नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यती रकममा सम्झौता भएको यो पहिलो पटक भएको हो । सम्झौतापछि न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका प्रशिक्षक कुमार राईले भलिलबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए । 


यस्तै शिवम् सिमेन्टका सजन देवकोटाले सिमेन्ट उत्पादनमा नो कम्प्रमाइज भनेजस्तै खेलकुदमा पनि सामाजिक उत्तरदायित्वको रुपमा सहयोग गरेको र न्यू डायमण्डसँग जोडिन पाउदा अझै खुशी लागेको बताए। 

यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का र महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिलबलको लागि यो सम्झँताले निकै महत्व राख्ने बताए। उपाध्यक्ष खड्काले ६ र ७ वर्ष अगाडी न्यू डायमण्डमा खेल हेर्न जाँदा निकै दुखको अवस्था रहेको स्मरण गर्दै आजको दिनसम्म ल्याइ पुर्यााउन प्रशिक्षक कुमार राईको ठूलो मेहनत रहेको बताए ।प्रशिक्षक कुमार राईले अब छिट्दै राष्ट्रिय स्तरको खुला महिला भलिबलको मिति तोकेर भव्य रुपमा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।

Image may contain: 6 people, people smiling, people standing


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved