सामसङ्ग डिजिटल प्लाजा अब नयाँबजारमा पनि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2017 | 03:30:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा नयाँबजार, काठमाडौँमा आज देखि सुरुवात गरेको छ । सामसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा, नयाँबजार, काठमाडौँमा खोलिएको कम्पनीले जनाएको छ । हिम इलेक्ट्रोनिक्स प्रा.लि का प्रबन्ध निर्देशक शेखर गोल्छाले शोरुमको उद्घाटन गरेका थिए ।

यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु Curved TVs, LED TVs, Mobile Phones, Refrigerators, Washing Machines / Microwave Ovens  लगायतका सामसङ्गका उत्पादनहरु बिक्रि गर्ने छ  । काठमाडौँ उपत्यका भित्र ९ वटा र बाहिर ५ वटा गररे हाल सम्म १४ बटा सामसङ प्लाजा खुुलिसकेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हिम इलेक्ट्रोनिक्स प्रा.लि का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘हामी नयाँबजारमा नयाँशोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीेलाई नयाँबजारमा नयाँशोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।

नयाँशोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक अफर पनि प्रदान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved