भोल्भो कन्स्ट्रक्सनले ल्यायो ३० टन रेन्जको स्काभेटर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 08:25:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि भोल्भो कन्स्ट्रक्सन इक्वीपमेन्टको आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्सले ३० टन रेन्जको स्काभेटर ल्याएको छ। यो स्काभेटर खानी कार्य र जलविद्युत आयोजनाहरुलाई मध्यनजर राखेर ल्याइएको जनाइएको छ।

यस स्काभेटरमा न्यून आरपिएममा पनि सबैभन्दा बढी टर्न लिन सक्ने २३१ हर्सपावरको भोल्भो D7 इन्जिन जडान गरिएको छ।   EC300DL मा रिइन्फोर्स गरिएको फ्रेमसहितको उच्चभारको क्याबिन आर्म र रक बकेटले यसको बडीको संरचनालाई मजबुत र बलियो बनाएको छ।

समूहका उपकरणहरुमध्ये यस यन्त्रले इन्धन खपत पनि कम गर्दछ भने उत्पादकत्व उत्कृष्ट रुपमा प्रदान गर्दछ। आरओपिएस/एफओपिएस जस्ता मापदण्डहरु यसमा पालना गरिएको छ।

भोल्भो सीईको अत्याधुनिक उपकरणद्धारा दक्षिण कोरियामा निर्माण गरिएको छ। यसले गुण नियन्त्रणमा कडा प्रक्रिया पालना गर्दछ। कम्पनीले थप वारेन्टीे, क्रेडिट एलसी सुविधा र ब्लु सिएसए जस्ता परिचयात्मक अफरहरु ल्याएको जनाएको  छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved