सामसुङ सम्बन्धी रोचक १० तथ्य जुन धेरैलाई थाहा छैन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 26, 2017 | 09:08:21 AM मा प्रकाशित

laxmi  sunrise bank

तपाईलाई सम्भवत यस्तो लाग्न सक्छ कि सामसुङ यस्तो कम्पनी हो जसले स्मार्टफोन, टेलिभिजन, फ्रिज र अन्य इलेक्ट्रोनिक बस्तुहरु मात्र निर्माण गर्छ। तर सामसुङ कम्पनीको वास्तविकता यो भन्दा धेरै फरक छ। यथार्थमा सामसुङ कम्पनी यो भन्दा पनि धेरै काम गर्दै आएको छ। 

सामसुङ कम्पनी मात्र होइन यो एक कम्पनीहरुको समुह हो। आज तपाईहरुले सामसुङ कम्पनी वास्तवमै कति ठुलो छ र यसको बजार कति फराकिलो छ भन्ने थाहा पाउनुहुनेछ।

१.विश्वकै अग्लो स्काईस्क्रापर भवन बुर्ज खलिफा, १०१ तले विश्वकै चौथो अग्लो ताईपेई वास्तवमा सामसुङको एक सहायक कम्पनी सीएण्डटी कर्पोरेशनले निर्माण गरेको हो।  


२.आम्दानी र कर्मचारीको संख्याको हिसाबले सामसुङ इलेक्ट्रोनिक्स विश्वकै ठुलो आइटि कम्पनी हो। जहान ३ लाख ७० हजारले रोजगारी पाएका छन। 


३. सामसुङको सहायक कम्पनी 'सामसुङ हेभी उद्योग' हुन्डाई पछी सबैभन्दा ठूलो जहाज निर्माण गर्ने कम्पनी हो।


४.सामसुङको राजस्व दक्षिण कोरियाको कुल ग्राहस्थ उत्पादनको १७ प्रतिशत हो। र २०१७ को तथ्यांक अनुसार सामसुङको राजस्व दक्षिण कोरियाको कुल ग्राहस्थ उत्पादनको २८ प्रतिशत पुगेको छ।


५.सामसुङको कुल आम्दानी झन्डै गुगल, एप्पल र माइक्रोसफ्टकोको संयुक्त आम्दानी जति हो।


६. सामसुङसंग 'सामसुङ मोटर्स' नामको कार उत्पादक सहायक कम्पनी थियो। जुन एसियाको आर्थिक मन्दी पश्चात रिनौल्टको सहायक कम्पनी बन्यो। त्यसोमा थोरै मात्रामा यस कम्पनीमा पनि सामसुङको स्वामित्व छ।    

 

७. सामसुङको समूहसंग झन्डै ५ लाखको हाराहारीमा कर्मचारी रहेका छन। 


८.सामसुङसंग करिब ८० कम्पनीहरु छन् जो निर्माण, रसायन, इलेक्ट्रोनिक्स, मेडिकल, दुरसंचार उपकरण, बिज्ञापन, जहाज निर्माण र थप क्षेत्रका गतिबिधि गर्छन।


९.सामसुङका प्रमुख कार्यकारी अधिकृत लि कुना हेई विश्वका सबै भन्दा धनी ब्यक्ती मध्य एक हुन। उनीसंग करिब १२ खर्ब ६० अर्ब बराबरको सम्पती छ। उनि संसारमा ४१ औ शक्तिशाली ब्यक्तीमा पर्छन।


१०.दक्षिण कोरियाको कुल निर्यात गर्ने उत्कृष्ट पाँच कम्पनी मध्ये पाँचवटै कम्पनीमा सामसुङ र यसका सहयोगी कम्पनीहरु पर्दछन। दक्षिण कोरिया विश्वकै पाँचौं ठुलो निर्यातक मुलुक हो, जसले ६२ खर्ब ८० अर्ब बराबरको निर्यात गर्छ। जुन भारतको निर्यात भन्दा दोब्बर हो।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved