सुजुकीको बहुप्रतिक्षित कार इग्निस नेपाली बजारमा, 'नाडा अटो शो' मा सार्वजनिक हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2017 | 06:03:17 AM मा प्रकाशित

laxmi  sunrise bank


सुजुकीको बहुप्रतिक्षित कार‘जापानी कम्प्याक्ट एसयूभी’ इग्निस नाडा अटो शो मार्फत नेपाली बजारमा सार्वजनिक गरिने भएको छ। सुजुकी गाडीको आधिकारिक विक्रेता अरुण ईन्टरकन्टिनेन्टल ट्रेडर्सले प्रिमियम अर्बान कम्प्याक्ट भेहिकल ‘ईग्निस’ नेपाली बजारमा भित्र्याउन लागेको हो। 

उत्कृष्ट एण्ड्रोइड डिजाइन, अटो र एप्पल कार प्लेको अनुभव यसमा प्रदान गरिएको कम्पनीको दावी छ। के १२ इन्जिन रहेको यसमा स्टान्डर्ड तथा पर्सनलाइजेसन सहितका सुरक्षा फिचर्स रहेको सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले बताए।

ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याट फर्ममा आधारित भई गरिएको छ। कारको बाह्य सजावटले आजको पुस्तालाई आकर्षण गर्ने कम्पनीको विश्वास छ।

यसको अघिल्लो भागमा ईनसेट हेडल्याम्पका साथमा सिंगल फ्रेम ग्रिल डिजाइनको प्रयोग गरिएको छ। फ्रण्ट ग्रिल र फगल्याम्पमा गरिएको क्रोम सजावटले कारलाई आकर्षक तथा पृथक डिजाइन प्रदान गरेको छ।

फ्लेमिङ लेयर्ड ड्यास बोर्ड डिजाइन र डुअल टोन तथा पृथक ककपिट स्टाइल्ड कन्सोल प्यानलले ईग्निसलाई पृथक देखाएको छ। स्पिडोमिटरमा इडीएमबाट प्रेरित चहकिलो प्रकाशको प्रयोग गरिनुका साथै लोउभर्स र कार्वन फाइभर टेक्स्चर दिइएको छ।

मारुती सुजुकीको पोर्टफोलियोमै एण्ड्रोइड अटो मार्फत एण्ड्रोइड प्रयोगकर्तालाई स्मार्टफोन कनेक्टिविटी सुविधा उपलब्ध गराउने ईग्निस पहिलो कार रहेको जनाइएको छ। 

कारमा रहेको एण्ड्रोइड अटोले प्रयोगकर्तालाई तिनको आवाजकै माध्यमबाट मल्टिमिडिया फङ्सनमा नियन्त्रण गर्न सघाउ पुर्याउँछ। यसमा रहेको टच ईन्टरफेसको माध्यमबाट प्रयोगकर्ताले बाटो पहिल्याउने, कल गर्ने, सन्देश प्रेशित वा प्राप्तगर्ने, सँगीत तथा अडियोको मज्जा लिन सकिन्छ। एप्सको माध्यमबाट एण्ड्रोइड अटोले आवश्यकता परेको बेलामा ट्राफिक सम्बन्धिजानकारी लिन समेत सकिन्छ।

कारमा ईञ्जिनका लागि गरिएको स्थान ब्यवस्थापनका कारण ईग्निसको क्याविन स्पेस आरामदायी तथा ठूलो छ। कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमा भारी तथा ठूला लगेज समेत सजिलै अटाउन सक्छ। साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०ः४० रियर स्प्लिटसम्म बुट स्पेस बढाउन सकिन्छ।

गाडीमा डुअल एयर ब्याग्स, प्रिटेन्सनर सहितका सिटबेल्ट र स्टान्डर्ड फिटमेण्टका रुपमा ईबीडी सहितका एबीएस पनि उपलब्ध गराइएको छ।साइड ईम्प्याक्ट र निर्धारित मापदण्ड भन्दा पनि परिस्कृत गरिएको अफसेट क्रयास रेगुलेशन यसमा लागू गरिएको छ। कारका सबै भेरियन्टमा आइसोफिक्स एंकरेज, चाइल्ड सिट, रिस्ट्र्ेनमेण्ट प्रणालीको सुविधा उपलव्ध छ।

कम्पनीले ईग्निसलाई २ भिन्न इन्जिन अप्सनका साथमा उपलब्ध गराएको छ। कारमा पेट्रोल जडित प्रमाणित १. २ लिटरको भीभीटी ईञ्जिनले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क तथा ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ।

रुफ र्याफ्स ओआरभीएममा कलर अप्सन, स्पोलर्स, फगल्याम्पगार्निस, आन्तरिक सजावट उत्कृष्ट रहेकाले यसले ग्राहकको मन जित्ने कम्पनीको भनाइ छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved