सवारीसाधनको 'कुम्भ मेला' आज देखि, छुट र स्कीमको बहार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2017 | 07:42:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारीसाधनको 'कुम्भ मेला' नाडा अटो शो आज देखि सुरु हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १२ औँ संस्करणको अटो शो भदौ १३ देखि १८ गते सम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी कक्षमा हुने भएको छ ।  

नाडा र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१७ को शिर्ष प्रायोजक सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्स रहेको छ । 

प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तिय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहनेछ जसमा नेपालमै उत्पादित  सामग्रीहरू समेत रहने छन् ।

यस वर्षको मेलामा साना ठूला गरि लगभग १३० वटा स्टलहरू रहने छन जसमा ९० वटा संस्थाहरूको सहभागिता रहने छ। प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङग्रे, १९ वटा ब्राण्डका २–पाङग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू समेत रहने छन् । 

प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आइएमई अटोमोटिभद्वारा प्रायोजित UM Renegade Commando 230 cc मोटर साइकल समेत रहेको छ । ६ दिन सम्म चल्ने यस वर्षको नाडा अटो शो २०१७ मा लगभग ५०००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका साथ प्रदर्शनीलाई अझ भव्य र प्रभावकारी बनाउन आयोजकले मह जोडीलाई समेत ब्राण्ड एम्बसडर बनाएको छ।नाडा अटोशो २०१७ बाट हुने आम्दानीबाट पांच लाख रुपैयाँ बाढी र पहिरोआट पिडितहरुलाई राहत प्रदान गरिने जनाइएको छ।

छुट र अफरमा कडा प्रतिस्पर्धा 

आजदेखि सुरु हुने नाडा अटो शोमा सवारी साधनका आधिकारिक बिक्रेताहरुले सवारी साधनमा आक्रामक अफर र छुटहहरु ल्याएका छन्। अटो शोमा बिभिन्न बिक्री प्रवर्द्धनात्मक कार्यक्रम हुने र त्यसमा उपभोक्ताका लागि बिशेष अफर हुने भएकाले गाडी बिक्रेताहरुबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ। 

१२ औ संस्करणको यस नाडा शोमा समेत छुट तथा स्कीमको बहार आएको छ। जहाँ ग्राहकहरुले एकै ठाउँमा बिभिन्न कम्पनीका अफर र छुटको जानकारी लिएर सवारी साधन खरिद गर्न सक्ने अवसर रहन्छ।

अटो कर्जामा बैंकहरु बीच पनि तिब्र प्रतिस्पर्धा 

कुनै समय ७ प्रतिशत ब्याजदरमा अटो लोन पाइने गरेकोमा अहिले यो दर तुलनात्मक रुपमा बढेर निकै महँगो बनेको छ। तरलता अभाब देखिएको समयमा अटो कर्जा औशतमा १५-१६ प्रतिशत पुगेको अवस्थामा यो दर घट्दै गएर अहिले ११ देखि १४ प्रतिशत पुगेको छ। उपभोक्ताको आकर्षणका लागि बैंकहरुले ब्याजदरमा सम्झौता गरी अटो कर्जाको दर घटाउने अपेक्षा गरिएको छ। 

अटो शोमा एनआईसी एसिया बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक लगायतका बैंकहरुले सहुलियत दरमा अटो कर्जा प्रदान गर्दै छन। सिभिल बैंकले नाडाको अवसरमा जिरो प्रिमियममा लोन अफर, अंद स्पट अफर लिने, ओभर ड्राफ्ट कार्ड प्रडक्ट अफर दिने लगायतको छूट तथा सुविधा घोषणा गरेको छ। 

त्यस्तै एनआईसी एसिया बैंकले अन द स्पट कर्जा दिने, ७ बर्षसम्मको कर्जा अवधि, ब्यक्तीगत तथा व्यवसायिक प्रयोजनका लागि अटो कर्जा दिने लगायतका छुट तथा अफर ल्याएको छ। 

माछापुच्छ्रे बैकले पनि नाडा अटो शोमा आकर्षक दरमा अटो कर्जा, ८ बर्षसम्मको कर्जा अवधि, निशुल्क क्रेडिट कार्ड लगायतको छुट र अफर ल्याएको छ।    

सवारी साधन बिक्रेता बीच अफरमा कडा प्रतिस्पर्धा 

महिन्द्राको सुनदेखि गाडीसम्मको अफर 

महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको नेपालका लागि एक मात्र आधिकारीक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सेवाग्राहीहरुलाई गाडी किन्ने बित्तिकै स्क्र्याचमा एक तोलासम्मको सुन देखि महिन्द्रा गस्टो १२५ को अफर ल्याएको छ ।

त्यस्तै 

महिन्द्राले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसिको अफ राइड बाइक राखेको छ । वातावरणमैत्री बम्पर अफरमा महिन्द्राले इ२० प्रदान गर्ने भएको छ। प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० छ। कम्पनीले यो योजना नाडा अटो शो देखि सुरु हुने जनाएको छ।         

यस अवधि बाहेक महिन्द्रका जुनसुकै शोरुमबाट गाडी किन्दा इ२० र गस्टो १२५ जित्ने सकिनेछ । त्यस्तै स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरेर लक्की ड्र मार्फत गस्टो १२५ जित्न सकिने कम्पनीले जानकारी दिएको छ । 

डाट्सनको बिमा सुविधा सहित बम्पर उपहार

डाटसनको नेपालीका लागि आधिकारिक बिक्रेता पायोनिर मोटो कपले डाट्सन गाडीको खरिदमा दुई लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको नि:शुल्क बीमा, एक्सचेन्ज सुविधा, नि:शुल्क एक्सेसरिज् तथा लक्की-ड्र मार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा डाट्सन रेडि-गो ल्याएको छ ।

यमाहाको नगद पुरस्कार

यमाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा आकर्षक नगद उपहारको योजना ल्याएको छ। यमाहाको बाइक तथा स्कुटर खरिदमा ग्राहकले  सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड जित्न सक्ने बताइएको छ। 


डि लाइफस्टायलको आइफोनदेखि देखि सामसङका मोबाइल अफर 

डि लाइफस्टायलले सुक्टर खरिदमा नयाँ आइफोन देखि सामसङ ग्यालेक्सी एस ८ सम्मको अफर ल्याएको छ। भेस्पा स्कुटर खरिद गर्नेलाई लक्की ड्र मार्फत नयाँ आइफोन र अप्रेलिया खरिदमा सामसङ ग्यालेक्सी एस८ राखिएको कम्पनीले जनाएको छ।     

नाडा अटो शोमा एक्सचेन्ज र टेस्टराइडपनि सुविधा राखिएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै सुपर अफर अन्तर्गत नौ जनालाई पोलाराइड स्न्याप र क्युब क्यामरा प्रदान गरिनेछ ।

फोर्डको गाडी खरिदमा क्यासमा क्यास योजना

फोर्डले दसैंंतिहारलाई लक्षित गरी क्यासमा क्यास योजना ल्याएको छ। क्यासमा क्यास अफर अन्तर्गत गाडीमा सात लाख रुपैयाँसम्मको क्यास डिस्काउण्ट अफर राखेको छ । यसैगरी ८ दशमलव ९९ प्रतिशत ब्याजदरमा सहज कर्जा सुविधा र ३० हजार रुपैयाँसम्मको अतिरिक्त सामानसमेत ग्राहकले योजनामार्फत पाउने कम्पनीले जनाएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved